-
सहारा विकास बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा
बैंक वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विभिन्न भुक्तानी प्रणालीहरुमा… -
Sahara Bikas Bank also on Electronic Cheque Clearing
Kathmandu, Nepal Clearing House Ltd. (NCHL) has entered into agreement… -
NCHL marks 10th Year of establishment
Kathmandu, Nepal Clearing House Ltd. (NCHL), established on 8th Poush… -
नेपाल क्लियरिङ्ग हाउस स्थापनाको १० औं वार्षिक उत्सव
नेपाल क्लियरिङ्ग हाउसले पौष ८, २०७५ गतेका दिन कम्पनीको… -
VACANCY ANNOUNCEMENT (31/10/2018)
Nepal Clearing House Ltd. (NCHL) currently operates Electronic Cheque Clearing…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र सक्षम एक्सेस टु फाइनान्स बीचमा मोबाइल वित्तीय सेवा परियोजनाको प्रारम्भिक अध्ययन गर्नका लागि सम्झौता ज्ञापन पत्र MoU मा हस्ताक्षर भएको छ । उक्त कार्यक्रम नेपाल राष्ट्र बैंकका भुक्तानी तथा फ्छयौट विभागका कार्यकारी निर्देशक लगायतका पदाधिकारीहरु, नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका संचालकहरु, सक्षम एक्सेस टु फाइनान्सका प्रतिनिधिहरु र डिएफआइडिका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ । MoU मा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधान ज्यू र सक्षम एक्सेस टु फाइनान्सका तर्फबाट टिम लिडर श्री बलजित बोहोरा ज्यूले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौता ज्ञापन पत्र अनुसार नेपालमा राष्ट्रिय स्तरको मोबाइल वित्तीय सेवा परियोजना कार्यान्वयनका लागि आवश्यक प्रारम्भिक अध्ययन गरिनेछ, जस बमोजिम नेपाल क्लियरिङ्ग हाउसले भुक्तानीस“ग सम्बन्धित सम्पूर्ण पुर्वाधारहरुको व्यवस्थापन एवं संचालन गर्नेछ भने सक्षमले यसमा आंशिक रुपमा प्राविधिक र वित्तीय सहायता प्रदान गर्नेछ । मोबाइल वित्तीय सेवा परियोजना कार्यान्वयन भएको अवस्थामा बैंकिङ्ग च्यानलहरुको पहुच नपुगेका क्षेत्रहरुबाट समेत विद्युतीय उपकरणहरुको माध्यमबाट वित्तीय समावेशिता गराउन सम्भव हुनेछ ।
नेपाल राष्ट्र बैंक लगायत ११४ बैंक वित्तीय संस्थाहरुबाट प्रर्वधित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु संचालन गर्ने क्रममा हाल इलेक्ट्रोनिक चेक क्लियरिङ्ग सेवा प्रदान गदै आएकोछ भने अन्तर बैंक भुक्तानी प्रणाली हाल कार्यान्वयनको अवस्थामा रहेको छ ।
सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम नेपाल र बेलायत सरकार बीच भएको द्धिपक्षिय सम्झौताको एक अशं अनुरुप यु.के. एड अन्र्तगत आर्थिक सहायत पाएको एक कार्यक्रम हो । अन्तरराष्ट्रिय विकास विभाग (डिएफआइडि नेपाल) का लागि यस कार्यक्रमलाई लुइस बर्जरले विभिन्न स्थानिय तथा अन्तरराष्ट्रिय संस्थाहरुको साझेदारीमा कार्यान्वयन गर्दैआएको छ ।