News & Events
कन्काई बिकाश बैंक लिमिटेड पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा (९ चैत्र २०७३) March-23-2017
कन्काई बिकाश बैंक लिमिटेड पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा (९ चैत्र २०७३)

बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी (NCHL-IPS)प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, कन्काई बिकाश बैंक लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS)सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधान ज्यू र कन्काई बिकाश बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश मान बज्राचार्य ज्यूले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPSप्रणाली उपलब्ध गराउने छ ।

 

NCHL-IPSप्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (Direct Credit)र लिने (Direct Debit)जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

 

NCHL-IPSप्रणालीका मा हालसम्म कम्पनीले ७१ बैंक तथा वित्तीय संस्थाहरुसंग Direct Memberको रुपमा र ३ रेमिट कम्पनीहरु र १ मर्चेन्ट बैकिङ्ग कम्पनीसंग Indirect Memberको रुपमा सम्झौता गरिसकेको छ ।