News & Events
नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा अनिल के. शाह नियुक्त (मिति: २०७३/१२/२२) April-04-2017
नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा अनिल के. शाह नियुक्त (मिति: २०७३/१२/२२)

काठमाडौं, नेपाल क्लियरिङ्ग हाउसको ९९ औं सञ्चालक समितिको बैंठकबाट वाणिज्य बैंक समुहमा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अनिल के. शाह ज्यूलाई सञ्चालक पदमा नियुक्त गरिएको छ । शाह हाल नेपाल बैंकर संघका अध्यक्ष समेत रहेका छन् । यस अधि वाणिज्य बैंक समुह तर्फका श्री उपेन्द्र पौडेल, प्रतिनिधि एनएमबी बैंकबाट सेवा निवृत हुनु भएकोले उक्त पद रिक्त रहेको थियो ।

 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।