News & Events
मञ्जुश्री फाईनान्स लिमिटेड पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मा (३० चैत्र २०७३) April-12-2017
मञ्जुश्री फाईनान्स लिमिटेड पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मा (३० चैत्र २०७३)

बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी (NCHL-IPS) प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, मञ्जुश्री फाईनान्स लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधान ज्यू र मञ्जुश्री फाईनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष निरौला ज्यूले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

 

NCHL-IPSप्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (Direct Credit) र लिने (Direct Debit) जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

 

 

NCHL-IPS प्रणालीमा हालसम्म कम्पनीले ७१ बैंक तथा वित्तीय संस्थाहरुसंग Direct Member को रुपमा र अन्य ५ कम्पनीसंग Indirect/Technical Member को रुपमा सम्झौता गरिसकेको छ ।