News & Events
राष्ट्रिय सहकारी बैंक लिमिटेड पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा (०७ जेष्ठ २०७४) May-23-2017
राष्ट्रिय सहकारी बैंक लिमिटेड पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा  (०७ जेष्ठ २०७४)

बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक भुक्तानी (NCHL-IPS)प्रणालीमा आवद्ध गराउदै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेड (NCBL)लाई पनि INDIRECTसदस्यको रुपमा अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS)  मा आवद्ध गराइएको छ । सो सम्बन्धि सम्झौता पत्रमा आज नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानज्यू र राष्ट्रिय सहकारी बैंक लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री के.बी. उप्रेती ज्यूले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सहकारी बैंकलाई INDIRECT MEMBERको रुपमा अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPSप्रणाली उपलब्ध गराउने छ  भने उक्त सहकारी बैंकबाट प्रविष्ट गराइएका सम्पूर्ण कारोबारहरु बैंक अफ काठमाडौं लुम्बिनी मार्फत राफसाफ हुने व्यवस्था मिलाइएको छ ।

 

राष्ट्रिय सहकारी बैंक लिमिटेड (NCBL)ले NCHL-IPSप्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सदस्य सहकारी संस्थाहरुबाट सोझै भुक्तानी संकलन तथा भुक्तानीहरु सजिलै गर्न सकिने छन् । यस अघि नगद र चेकबाट हुँदै आएका कारोबारहरु समेत उक्त प्रणाली मार्फत हुने हुँदा कारोबार पारदर्शी हुने, सहजता बढ्ने र जोखिम न्यूनिकरण हुने हुँदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा NCBLर सदस्य सहकारी संस्थाहरु लाभान्वित हुने विश्वास NCHLले लिएको छ ।

 

NCHL-IPS प्रणालीमा हाल सम्म ७३ बैंक तथा वित्तीय संस्थाहरुसंग DIRECT MEMBERको रुपमा र ५ अन्य कम्पनीहरुसंग  Indirect Member को रुपमा सम्झौता गरिसकेका छन् र आजको यस सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी (NCHL-IPS)प्रणालीमा ७९ सदस्यहरु आवद्ध भएका छन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, फि तथा बिल भुक्तानी, प्रीमियम भुक्तानी, सरकारी भुक्तानी, ट्रेजरी भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स भुक्तानी, ईन्स्टलमेन्ट भुक्तानी, क्रेडिट कार्डको भुक्तानी जस्ता भुक्तानी दिने (Direct Credit)तथा लिने (Direct Debit)सेवा यस प्रणालीबाट हुँदै आएका छन् । ग्राहकले आफ्नो सदस्य बैंक वित्तीय संस्थाहरु मार्फतउक्त सेवा प्राप्त गर्न सक्नेछन् ।