connectIPS Fund Transfer
News & Events
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा श्री जनक बहादुर अधिकारीे चयन (२३ असोज २०७४) October-12-2017
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा श्री जनक बहादुर अधिकारीे चयन (२३ असोज २०७४)
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १०६ औं संञ्चालक समितिको बैठकबाट श्री जनक बहादुर अधिकारी ज्यू लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । श्री अधिकारी असोज १२, २०७३ साल देखि  नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आउनुभएको छ र हाल नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक रहनु भएको छ । कम्पनीको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक लगायत, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक–एक जना प्रतिनिधि रहेका छन् । 
 
हाल ८३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ३,१८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको NCHL-ECC प्रणाली मार्फत राफसाफ हुँदै आएको छ भने ग्राहकको खाताबाट सिधै भुक्तानी लिन÷ दिन मिल्ने कम्पनीको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) बाट हाल ६६ बैंक तथा वित्तीय संस्थाहरु मार्फत कारोबार हुँदै आएको छ ।