connectIPS Fund Transfer
News & Events
जेबिल्स फाइनान्स लिमिटेड पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा (०६ कार्तिक २०७४) October-23-2017
जेबिल्स फाइनान्स लिमिटेड पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा (०६ कार्तिक २०७४)
बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी (NCHL-IPS) प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, जेबिल्स फाइनान्स लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानज्यू र जेबिल्स फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मी लाल नकर्मीज्यूूले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले फाइनान्सलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।
 
NCHL-IPS प्रणालीमा हालसम्म कम्पनीले ७० बैंक तथा वित्तीय संस्थाहरुसंग Direct Member को रुपमा र अन्य ८ कम्पनीहरु Indirect/Technical member को रुपमा सम्झौता गरिसकेको छ ।