ConnectIPS ePayment
News & Events
प्रोग्रेशिभ फाईनान्स लिमिटेड पनि अब NCHL-IPS मा आवद्ध (१४ माघ २०७४) January-31-2018
प्रोग्रेशिभ फाईनान्स लिमिटेड पनि अब NCHL-IPS मा आवद्ध (१४ माघ २०७४)

बैंक वित्तीयसंस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी(NCHL-IPS) प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, प्रोग्रेशिभ फाईनान्स लिमिटेडसंग अन्तरबैंक विद्युतीयभुक्तानीप्रणाली (NCHL-IPS) सेवा संचालन सम्बन्धि गरिएको सम्झौता अनुसार फाईनान्स कम्पनीलाई उपलब्ध गराईंएको NCHL-IPS प्रणाली आइतबारबाट संचालनमा आएको छ।सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधान र प्रोग्रेशिभ फाईनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिशाल हुमागाईले हस्ताक्षर गर्नुभएको छ।

 

अब प्रोग्रेशिभ फाईनान्सले NCHL-IPSप्रणाली मार्फत सदस्य बैंक वित्तीय संस्थाहरुबाट भुक्तानीदिने र लिने जस्ता कारोबारहरुगर्न सक्नेछ।हालसम्म कम्पनीले ७० बैंक तथा वित्तीय संस्थाहरुसंग Direct Member को रुपमा र अन्य ७ कम्पनीहरु Indirect/Technical Member को रुपमा सम्झौता गरिसकेको छ।