connectIPS Fund Transfer
News & Events
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा श्री झलक शर्मा आचार्य चयन April-03-2018
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा श्री झलक शर्मा आचार्य चयन
१९ चैत्र २०७४,नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो ११० औं संञ्चालक समितिको बैठकबाट श्री झलक शर्मा आचार्यज्यू लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । श्री आचार्य नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा प्रतिनिधित्व गर्नु हुन्छ र हाल नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक रहनु भएको छ । कम्पनीको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक लगायत, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जना प्रतिनिधि रहेका छन् । 
 
कम्पनीले हाल सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खिचिएका चेकहरु (NCHL-ECC) प्रणाली मार्फत र ग्राहकको खाताबाट सिधै भुक्तानी लिन/दिन मिल्ने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) संञ्चालन गर्दै आएको छ ।