connectIPS Fund Transfer
News & Events
नेपाल सरकारको राजस्व भुक्तानी पनि नेपाल क्लियरिङ्ग हाउसको प्रणालीबाट (१२ बैशाख, २०७५) May-02-2018
नेपाल सरकारको राजस्व भुक्तानी पनि नेपाल क्लियरिङ्ग हाउसको प्रणालीबाट (१२ बैशाख, २०७५)
राजस्वको भुक्तानी समेत विद्युतीय माध्यमबाट गर्न नेपाल सरकारले लिएको उद्देश्य कार्यान्वयनको सिलसिलामा आजबाट नमुना परिक्षणको रुपमा ठमेल करदाता कार्यालय अन्तर्गतका करदाताहरुले www.rajaswa.fcgo.gov.np वेभसाईटबाट नेपाल सरकारलाई बुझाउने रु. १ लाख सम्मको करको विवरण भरी सोही वेभसाईटमा उपलब्ध conectIPS e-payment मार्फत विद्युतीय भुक्तानी हुने प्रणालीको आज माननिय अर्थ मन्त्री डा. युवराज खतिवडा ज्यूबाट उक्त कार्यको औपचारिक रुपमा शुरुवात गरिएको छ । हाल connectIPS मा एनएमबी बैंक लि., नेपाल बैंक लि, नेपाल बंगलादेश बैंक लि, एभरेष्ट बैंक लि. र लक्ष्मी बैंक लि. लगायतका बैंकहरु आवद्ध भइसकेका छन् र अन्य बैंक वित्तीय संस्थाहरु समेत आवद्ध गराई उक्त प्रणालीमा समावेश गराइने योजना रहेको छ ।
 
नेपाल क्लियरिङ्ग हाउसले संचालन गर्दै आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) लाई विस्तार गरि connectIPS e-payment प्रणालीबाट बैंक वित्तीय संस्थाका ग्राहकहरुले online माध्यम मार्फत आफ्नो बैंक खाताबाट सिधै कुनै पनि प्रकारको भुक्तानी कारोबारहरु गर्न सक्ने व्यवस्था गरेको छ । सेवाग्राहीहरुले रकम भुक्तानी गर्नको लागि www.connectips.com मा आफुलाई आवद्ध (register) गरी भुक्तानी गर्ने बैंक खातालाई सम्बन्धित बैंकमा एक पटक गई verify गराउनुपर्ने हुन्छ । तत्पश्चात यसबाट भुक्तानी कारोबारको लागि आफ्नो बैंक खाताबाट आफ्नो पैसा अन्य मध्यस्त प्रणाली/ प्रक्रियामा सार्न जरुरी रहँदैन र सिधै बैंकबाट भुक्तानी गर्न सकिनेछ । 
 
यसै प्रणालीलाई राजस्व लगायतका अन्य सेवा / वस्तुहरु खरीद गर्न र विभिन्न माध्यमहरुबाट समेत गर्न सकिने गरि थप कार्य भइरहेको छ । आजको यस e-payment प्रणालीको शुरुवात पश्चात् नेपालको विद्युतीय भुक्तानी क्षेत्रमा नयाँ अध्याय शुरु भएको कम्पनीले विश्वास लिएको छ ।