ConnectIPS ePayment
News & Events
नेपाल क्लियरिङ्ग हाउसको संचालकमा सुरेन्द्र भुषण श्रेष्ठ र माधव प्रसाद उपाध्याय नियुक्त(०९ आषाढ, २०७५) June-24-2018
नेपाल क्लियरिङ्ग हाउसको संचालकमा सुरेन्द्र भुषण श्रेष्ठ र माधव प्रसाद उपाध्याय नियुक्त(०९ आषाढ, २०७५)
 
नेपाल क्लियरिङ्ग हाउसको मिति २०७५/०३/०८ को ११३ औं संचलाक समितिको बैंठकबाट वाणिज्य बैंकका तर्फबाट नेपाल बंगलादेश बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र भुषण श्रेष्ठ ज्यू तथा विकास बैंक समूहका तर्फबाट गरिमा विकास बैंक लिमिटेडका उप महाप्रबन्धक श्री माधव प्रसाद उपाध्याय ज्यूलाई संचालक पदमा नियुक्त गरिएको छ । यस अघि संचालक रहनु भएका संचालक द्वय श्रीमती अनुपमा खुञ्जेली ज्यू तथा श्री प्रद्यूमन पोखरेलज्यू आफ्नो बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पदहरु रिक्त रहेका थिए ।
 
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।