connectIPS Fund Transfer
News & Events
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न (२६ असोज २०७५) October-12-2018
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न (२६ असोज २०७५)

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा मिति २६ असोज २०७५ (१२ अक्टोबर २०१८) मा सम्पन्न गरेको छ । आ.व. २०७४/७५ मा कम्पनीले खुद नाफा रु. १८,१६,०८,७०८.९२ गरेको छ । बैठकले कम्पनीको आ.व. २०७४/७५ को मुनाफाबाट २०% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै कम्पनीको पूर्वाधार विकासमा थप लगानी गर्न सहयोग मिल्ने गरि सोहि आ.व को मुनाफाबाट २०% बोनस शेयर समेत वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रु. १८ करोड रहेकोमा बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड हुनेछ ।

 

आ.व. २०७४/७५ मा NCHL-ECCमार्फत कुल ९६,८६,२७७ चेक राफसाफ भएकोमा दैनिक कारोवार संख्या ४०,७५६ रहेको थियो भने औसत दैनिक राफसाफ रकम रु.२६.६ अर्ब रहेको थियो । हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ४,०८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको NCHL-ECCप्रणाली मार्फत राफसाफ हुँदै आएको छ । कम्पनीले संचालन गर्दै आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPSबाट आ.व. २०७४/७५ मा कुल कारोबारको संख्या १८,७९,६६३ रहेको थियो जसामा दैनिक कारोवार संख्या ८,००३ रहेको थियो भने औसत दैनिक राफसाफ रकम रु.३.०३ अर्ब रहेको थियो । उक्त प्रणाली मार्फत हाल ७३ बैंक तथा वित्तीय संस्थाहरु Direct Member को रुपमा तथा २ अन्य संस्थाहरु Indirect/Technical Memberको रुपमा आवद्ध छन् । यसैगरी कम्पनीले गत बैशाख १२, २०७५ देखि अनलाईन माध्यम मार्फत सोझै आफ्नो बैंक खाताबाट नेपाल सरकारको राजस्व भुक्तानी, फण्ड ट्रान्सफर, अन्य भुक्तानी गर्न सकिने connectIPS e-Paymentप्रणाली संचालनमा ल्याएकोमा छ उक्त प्रणालीमा हाल ४४ जना बैंक वित्तीय संस्थाहरु आवद्ध भइसकेका छन् तथा ३१ वटा बैंक वित्तीय संस्था मार्फत कारोबार भईरहेका छन ।   

 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडमा १०% नेपाल राष्ट्र बैंकको, ८०% बैंक तथा वित्तीय संस्थाहरुको र १०% स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि.को शेयर स्वामित्व रहेको छ ।

Visit www.nchl.com.npfor further information.