ECC Price revise
News & Events
नेपाल क्लियरिङ्ग हाउस स्थापनाको १० औं वार्षिक उत्सव December-25-2018
नेपाल क्लियरिङ्ग हाउस स्थापनाको १० औं वार्षिक उत्सव
 
नेपाल क्लियरिङ्ग हाउसले पौष ८, २०७५ गतेका दिन कम्पनीको स्थापनाको १० औं वार्षिक उत्सव सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित यस कम्पनीले विभिन्न राष्ट्रियस्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । नेपाल क्लियरिङ्ग  हाउस लिमिटेडले हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली (NCHL-ECC), Directdebit/ Directcredit  को लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) र अनलाईन मार्फत विद्युतीय भुक्तानी गर्ने connectIPSe-Payment प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।
 
स्थापनाको १० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरेको छ । उक्त अवसरमा कार्यलयका कर्मचारी लगायत अन्य सर्वसाधारणलाई रक्तदानको महत्व बारेमा जनचेतना फैलाउने गरी ललितपुरको मङ्गलबजार क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम नेपाल क्लियरिङ्ग हाउस र नेपाल रेड क्रस सोसाइटिको सहकार्यमा आयोजना गरिएको हो । साथै हेल्प नेपाल नेटवर्क संस्थाको समन्वयनमा श्री दमाइटार आधारभूत विद्यालय, ललितपूरमा ई–लाइव्रेरी स्थापना गर्न कम्पनीले पाँच वटा कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । कम्पनीले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुको आयोजना गर्ने योजना बनाएको छ ।