ECC Price revise
News & Events
सहारा विकास बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा January-06-2019
बैंक वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा कम्पनीले सहारा विकास बैंक लिमिटेडसँग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली (NCHL-ECC) र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS)  सेवा सम्बन्धि सम्झौता गरेको छ । उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानज्यू र सहारा विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री बिनय कुमार शाहज्यूूले हस्ताक्षर गर्नुभएको छ । बैंकले आवद्ध भएका भुक्तानी प्रणालीहरुको सेवा चरणबद्ध रुपमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने छ । पहिलो चरणमा आफ्ना ग्राहकहरुको चेकबाट हुुने कारोवारहरुलाई राफसाफ गराउने उदेश्यका साथ आजबाट विद्युतीय चेक क्लियरिङ्ग प्रणाली (NCHL-ECC) को सेवा शुरु गरीएको छ । 
 
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली (NCHL-ECC), Direct debit/ Direct credit को लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) र अनलाईन मार्फत विद्युतीय भुक्तानी गर्ने connectIPS e-Payment प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।
 
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्झौतासँगै विद्युतीय चेक क्लियरिङ्ग प्रणाली संचालनमा रहने बैंक÷वित्तीय संस्थाहरुको संख्या ८० पुगेको छ । नेपाल क्लियरिङ्ग हाउसले उक्त प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थाहरुका ४,४७८ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउदै आएको छ ।