citbanner
News & Events
भार्गव, जेबिल्स र युनाइटेड पनि connectIPS मा आवद्ध March-13-2019
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment प्रणालीमा आजबाट कारोबार शुरु गर्ने गरि भार्गव विकास बैंक, जेबिल्स फईनान्स र युनाइटेड फईनान्सलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । बैंक तथा फईनान्स कम्पनीका ग्राहकहरुले पनि अब यस प्रणालीको www.connectips.com अथवा मोबाईल एप्सबाट आफ्नो खाता मार्फत  अनलाईन कारोबार गर्न सक्नेछन् । 
 
यस प्रणालीमा बैंक तथा फाईनान्स कम्पनीका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड र अनलोड, सेयर ब्रोकरको भुक्तानी, डिम्याट् र मेरोसेयरको नविकरण भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् । उक्त प्रणालीमा उपलब्ध पेमेन्ट गेटवे जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । यसबाट ग्राहकले अनलाईन कारोबार रु. १ लाख सम्म र  मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् । 
 
connectIPS e-Payment प्रणालीमा हाल सम्म ५२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ४४ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।