addp2p
News & Events
connectIPS बाट real-time instant भुक्तानी कारोबार हने March-13-2019
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सञ्चालन गर्दै आएको connectIPS e-Payment system मा सानो रकमको भुक्तानीहरु रियल टाइममा कारोबार हुने गरि हालै प्रणालीको सफलतापूर्वक स्तरोन्नति गरिएको छ । जस अनुसार अनलाइन रकमान्तर, नेपाल सरकारलाई गरिने भुक्तानीहरु तथा अन्य सेवा प्रदायकलाई गरिने भुक्तानीहरु पाउने तथा भुक्तानी गर्ने ग्राहकको बैंक खातामा तुरुन्त हुनेछ । यस अघि एकै बैंकमा गरिने भुक्तानी मात्र रियल टाइममा हुने व्यवस्था रहेकोमा यस स्तरोन्नति पछि कुनै पनि बैंक खाताबाट अनलाइन रियल टाइममा रकम ट्रान्सफर गर्न सकिने भएको छ । यस प्रणालीमा भुक्तानी कारोबारहरु सिधै बैंक खाताबाट हुने हुदा रकम ट्रान्सफरको लागि कुनै मध्यस्तकर्ताको आवश्यकता रहँदैन । 
 
अयललभअतक्ष्एक् भ–एबथmभलत प्रणाली मार्फत् बैंकका ग्राहकले अनलाइन, मोवाइल अथवा पेमेन्ट प्रोसेसर (गेटवे) मार्फत् आफ्नो कारोबार गर्न सक्छन् । हाल ४४ बैंक वित्तीय संस्थाहरुका ग्राहकले यसको सुविधा लिने व्यवस्था रहेको छ । यसमा उपलब्ध सेवाहरुमा अनलाईन फण्ड ट्रान्सफर, नेपाल सरकारलाई गरिने भुक्तानी (ँऋन्इ, लोकसेवा, आन्तरिक राजस्व), सेयर ब्रोकर भुक्तानी, डिम्याट शुल्क, डिपी शुल्क, क्रेडिट कार्ड भुक्तानी, मोबाइल वालेट लोड÷अनलोड तथा अन्य क्रेडिटर भुक्तानीहरु गर्ने व्यवस्था रहेका छन् । यसमा अनलाइनबाट गरिने र मोबाइलबाट गरिने कारोबार सीमा क्रमश रु १००,००० र रु ५,००० रहेका छन् ।
 
नेपाल राष्ट्र बैंक तथा सम्पूर्ण बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित यस नेपाल क्लियरिङ्ग हाउसले इसीसी(NCHL-ECC), आइपीएस (NCHL-IPS) र connectIPS e-Payment जस्ता राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ जसको दैनिक औसत सेटलमेन्ट कारोबार ने.रु. ३५ अर्ब रहेको छ ।