citbanner
News & Events
नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा March-13-2019
नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा
बैंक वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा कम्पनीले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली (NCHL-ECC) र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धि सम्झौता गरि उक्त सेवा शुरु गराएको छ । उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानज्यू र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका तर्पmबाट उप–प्रमुख कार्यकारी अधिकृत श्री भुपेन्द« पाण्डेज्यूूले हस्ताक्षर गर्नुभएको छ । यस अनुरुप नेपाल इन्फ्रास्ट्रक्चर बैंकका ग्राहकहरुले NCHL-ECC प्रणाली मार्फत  कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यम मार्पmत चेक राफसाफ गर्न सक्नेछन् भनेNCHL-IPS प्रणाली मार्फत  कुनै पनि खातामा भुक्तानी दिने (Direct Credit) र लिने (Direct Debit) जस्ता अन्तरबैंक कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् ।  
 
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली (NCHL-ECC), Direct debit/ Direct credit को लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) र अनलाईन मार्फत रियल टाईम विद्युतीय भुक्तानी गर्न connectIPS e-Payment प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ । चेक क्लियरिङ्ग प्रणालीमा ८१ बैंक÷वित्तीय संस्थाहरु र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७६ बैंक तथा वित्तीय संस्थाहरु आवद्ध छन् । 
 
नेपाल सरकार, बैंक वित्तीय संस्थाहरु, विमा कम्पनिहरु र अग्रणी व्यापारिक क्षेत्रवाट पवर्धित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मुख्य उद्देश्य पूर्वाधार विकासका निमित्त आवश्यक लगानी तथा कर्जा प्रवाह गरी मुलकको आर्थिक विकासलाई प्रोत्साहित गर्नु हो ।