NRBVac
News & Events
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा श्री नरेश शाक्य चयन (१० असार २०७६) June-27-2019
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा श्री नरेश शाक्य चयन (१० असार २०७६)

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्यज्यू लाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ।श्री शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहनु भएको छ त्यसैगरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक सुश्री कुशुम लामालाई निर्देशकको रुपमा नवनियूत्त गरेको छ।

 

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक–एक जना प्रतिनिधि रहेका छन्।

 

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीयसंस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज्लि मिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । यसको NCHL-ECC, NCHL-IPS र connectIPS e-Payment प्रणाली सञ्चालनमा रहेका छन् । हाल सम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढि संस्थाहरु अप्रत्यक्ष /  टेक्निकल सदस्यका रुपमा आबद् रहेका छन्।

 

थपजानकारीकालागिwww.nchl.com.npमाहेर्नुहोला।