News & Events
-
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एनसीएचएलसँग आबद्ध
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल… -
Prime Life Insurance Co. Ltd. joins NCHL
Prime Life Insurance Co. Ltd. has signed an agreement with… -
धरानउपमहानगरपालिकाको कर भुक्तानी connectIPS मार्फत
स्थानिय सरकारको कर भुक्तानी समेत अन्लाईनबाटै गराउने गरी धरान उपमहानगरपालिकाले… -
connectIPS मा नेपाल बाङ्गलादेश बैंकको खाता अन्लाईन Link गर्न सकिने
नेपाल बाङ्गलादेश बैंकले connectIPS मा खाता link गरी भेरीफाई गराउने… -
NBB automates linking of accounts in connectIPS
Nepal Bangladesh Bank Ltd. has automated the entire process of…
कोरोना महामारीमा एनसीएचएलको सहयोग June-09-2020

काठमाडौं — नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई सहयोग हेतु जम्मा रु २ करोड ९१ लाख २० हजार भन्दा बढि सहयोग गरेको छ । एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पु¥याएको छ ।
कोभिड—१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रस्रय दिने उद्देश्यका साथ एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS, NPI र connectRTGS सेवाहरु प्रवाह गर्दै आएकोमा लकडाउन शुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आईरहेको छ । यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले रु २३,४०९,२४३ रुपैँया भन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ । connectIPS प्रणालीमा ”Donate For Cause” का रुपमा समावेश गरी सोबाट हालसम्म “नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोष”का लागि रु ४,०१९,४४८ रुपैँया संकलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा रु १७ लाख सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १—१ लाख सहयोग प्रदान गरेको छ ।
सर्वसाधारण र व्यवसायहरु वर्तमान महमारीको स्थितिबाट निकै प्रभावित छन् र यस्तो अवस्थामा कारोबार शुल्क मात्र आमदानीको मुख्य श्रोत भएतापनि एनसीएचएलले लकडाउन भएदेखि नै डिजिटल भुक्तानीका लागि अनुकूल वातावरण प्रदान गर्दै बैंकिङ्ख क्षेत्र र सर्वसाधारणलाई थप सहयोग गर्न यसरी कारोबार शुल्क मिनाहा गर्र्ने निर्णय लिएको हो र एनसीएचएल महामारी विरुद्धको लडाईमा सम्भव भएजति सबै तरिकाले थप सहयोग पुर्याउन प्रतिबद्ध रहेको छ ।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु लागू र संचालन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।