News & Events
-
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एनसीएचएलसँग आबद्ध
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल… -
Prime Life Insurance Co. Ltd. joins NCHL
Prime Life Insurance Co. Ltd. has signed an agreement with… -
धरानउपमहानगरपालिकाको कर भुक्तानी connectIPS मार्फत
स्थानिय सरकारको कर भुक्तानी समेत अन्लाईनबाटै गराउने गरी धरान उपमहानगरपालिकाले… -
connectIPS मा नेपाल बाङ्गलादेश बैंकको खाता अन्लाईन Link गर्न सकिने
नेपाल बाङ्गलादेश बैंकले connectIPS मा खाता link गरी भेरीफाई गराउने… -
NBB automates linking of accounts in connectIPS
Nepal Bangladesh Bank Ltd. has automated the entire process of…
connectIPSको दैनिक कारोबार रु २अर्ब नाग्यो June-16-2020

काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालनगर्दै आएका connectIPS e-Payment प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखी रु २ अर्ब नाघेको छ । बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल—टाइम रिटेल भुक्तानी प्रणालीमा हाल सम्मको सबैभन्दा बढि कारोबार भएको छ ।
विगतकोे तीन महिनाको लकडाउन अवधिमा connectIPS e-Payment को मासिक कारोबारमा संख्या र मुल्यको आधारमा क्रमश ७५% र १८६% ले वृद्धि भएको छ । उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरुको कुल मासिक कारोबार क्रमश रु १३.८ अर्ब, रु २४ अर्ब र रु ३९.५ अर्ब रहेका छन् । जसमध्ये ६४% कारोबारहरु एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (NPI) मार्फत कारोबार पेश भएका छन् । एकीकृत APIमा आधारित NPI मा संस्थाहरुले विभिन्न वैकल्पिक माध्यमबाट connectIPS वा NCHL-IPS वा अन्य प्रणालीमा कारोबारहरु पठाउन सक्दछन् । connectIPS e-payment प्रणालीको मोबाइल एप, वेब र बैंक शाखा जस्ता वैकल्पिक च्यानलहरु बाहेक NPIले पनि connectIPS को कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ । NPIले बैंक तथा वित्तिय संस्थाहरुको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिंग जस्ता वैकल्पिक च्यानलहरु, PSPs/PSOs, सरकारी निकायहरु र अन्य ठूला संस्थाहरुबीच Integration र Interoperability का लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ । हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्राय सबै बीमा कम्पनी, रेमिटान्स कम्पनी, नेप्से, शेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोेष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरुमा जोडी प्रयोगमा आइसकेको छ ।
connectIPS e-Payment प्रणालीमा हाल सम्म ५८ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु आबद्ध छन् जस मार्फत बैंकका ग्राहकहरुले प्रयोगकर्ताको बैंक खातामा मोबाइल नम्बरका आधारमा तथा अन्य लाभग्राहीको बैंक खाता विवरणको आधारमा सिधैं फण्ड ट्रान्सफर गर्न सक्दछन् । उक्त फण्ड ट्रान्सफरहरु सजिलै बैंकको आफ्नो मोबाइल वा इन्टरनेट बैंकिंगबाट गर्न सकिन्छ जसमा connectIPS को छुट्टै लग–इन चाहिँदैन । यस प्ल्याटर्फमा उपलब्ध अन्य भुक्तानीहरुमा नेपाल सरकारको राजस्वभुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा टप अप, सेयर बजारसंग सम्बन्धित भुक्तानी, ई—कमर्श भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ । मोबाइल, वेब, गेटवे र API जस्ता मल्टिपल च्यानलहरु मार्फत सदस्य बैंक तथा वित्तिय संस्थाहरु, भुक्तानी सेवाप्रदायक(PSPs), भुक्तानी प्रणाली संचालक(PSOs) तथा अन्य संस्थाहरुले उक्त प्रणालीमा भुक्तानीे कारोबार गर्न सक्ने व्यवस्था रहेको छ। यस प्रणालीमा सम्पूर्ण कारोबारहरु सिधैं बैंक खाताबाट हुने गर्दछन्।
एनसीएचएलले हाल आफ्नो सम्पूर्ण प्रणालीहरुबाटरु १ लाखभन्दा बढिको दैनिक औसत कारोबारहरु गर्दै आएको छ जसको दैनिक राफसाफ मुल्य रु ४० अर्ब भन्दा बढि रहेको छ । यद्यपी अन्य भुक्तानी प्रणाली जस्तै connectIPS पूर्ण डिजिटल भुक्तानी प्ल्याटफर्म हो जसले बैंक वित्तिय संस्थाका ग्राहकहरुलाई वैकल्पिक च्यानलहरु मार्फत कारोबार गर्ने व्यवस्था प्रदान गर्दछ । यस कोभिड–१९ लकडाउनको अवस्थामा अन्य प्रणालीहरुमा कारोबार संख्या कम हुँदा समेत connectIPS को कारोबारमा भएको वृद्धिले डिजिटल भुक्तानीको स्वीकार्यता बढेको वा त्यस दिशातिर लागेको संकेत गर्दछ । यसबाट लकडाउन पछि नेपालमा डिजिटल भुक्तानी कारोबारको उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपालराष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाहरुद्वारा प्रबद्र्धित यस एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS र NPI प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।