-
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एनसीएचएलसँग आबद्ध
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल… -
Prime Life Insurance Co. Ltd. joins NCHL
Prime Life Insurance Co. Ltd. has signed an agreement with… -
धरानउपमहानगरपालिकाको कर भुक्तानी connectIPS मार्फत
स्थानिय सरकारको कर भुक्तानी समेत अन्लाईनबाटै गराउने गरी धरान उपमहानगरपालिकाले… -
connectIPS मा नेपाल बाङ्गलादेश बैंकको खाता अन्लाईन Link गर्न सकिने
नेपाल बाङ्गलादेश बैंकले connectIPS मा खाता link गरी भेरीफाई गराउने… -
NBB automates linking of accounts in connectIPS
Nepal Bangladesh Bank Ltd. has automated the entire process of…

ईजीलिंक रेमिटेन्स प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । यो व्यवस्थासँगै ईजीलिंक रेमिटेन्सका कम मुल्यका भुक्तानीका कारोबारहरु connectIPS e-Payment प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS मार्फत तोकिएको समय सीमामा मध्य र उच्च मुल्यका भुक्तानी कारोबारहरु गर्न सकिन्छ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि ईजीलिंकको सेवा प्रवाहमा पर्याप्त सुधार ल्याउने अपेक्षा गरिएको छ ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मार्फत हाल उपलब्ध connectIPS र NCHL-IPS को सञ्जालमा क्रमश ५२ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । एनसीएचएलले NCHL-ECC, NCHL-IPS,connectIPS e-Payment, connectRTGS र NPI, प्रणालीहरु सञ्चालन गर्दै आएको छ । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/ पिएसओ , सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ । यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट र ललित मनि ट्रान्सफर गरी ७ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ३४ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पिएसपी/ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्केन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु रहेका छन् ।
ईजीलिंक रेमिटेन्स प्रा.लि सन् १९९९ मा स्थापना भएको पहिलो रेमिटेन्स कम्पनी हो । यसले सुरक्षित, छिटो र भरपर्दो माध्यबाट विदेशबाट नेपाल पठाई नेपालीको लाभका लागि योगदान पु¥याउँदै आइरहेको छ । यसले सुलभ शुल्कमा गुणस्तरीय रेमिटेन्स सेवा पु¥याउने उद्देश्यका साथ नेपाल भित्र र बाहिर विभिन्न साझेदारी गर्दै आएको छ ।