-
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एनसीएचएलसँग आबद्ध
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल… -
Prime Life Insurance Co. Ltd. joins NCHL
Prime Life Insurance Co. Ltd. has signed an agreement with… -
धरानउपमहानगरपालिकाको कर भुक्तानी connectIPS मार्फत
स्थानिय सरकारको कर भुक्तानी समेत अन्लाईनबाटै गराउने गरी धरान उपमहानगरपालिकाले… -
connectIPS मा नेपाल बाङ्गलादेश बैंकको खाता अन्लाईन Link गर्न सकिने
नेपाल बाङ्गलादेश बैंकले connectIPS मा खाता link गरी भेरीफाई गराउने… -
NBB automates linking of accounts in connectIPS
Nepal Bangladesh Bank Ltd. has automated the entire process of…

नेपाल बाङ्गलादेश बैंकले connectIPS मा खाता link गरी भेरीफाई गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अन्लाईनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ । यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अन्लाईनबाटै connectIPS मा आफ्नो खाता भेरीफाई गराउन सक्नेछन् भने बैंकको शाखा नै पुगेर फारम बुझाई भेरीफाई गराउने बाध्यताको पनि अन्त्य भएको छ ।
बैंकका ग्राहकले connectIPS मा “Link Account” भित्र आफ्नो खाता Link गरिसकेपछी “Self Verify Account” मा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् । यस प्रकृयामा ग्राहकको विवरण, OTP (One Time Password) र Micro Deposits को आधारमा सुरक्षित रुपमा अन्लाईन verification हुने व्यवस्था रहेको छ । नेपाल बाङ्गलादेश बैंकबाट सुरुवात गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको छ ।
अन्लाईनबाटै connectIPS मा खाता link गर्ने सुविधाले हालको महामारीले निम्त्याएको लकडाउनको बिषम परिस्थितिमा पनि ग्राहकले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न सकिने भएको छ । बैंक वित्तिय संस्थाका ग्राहकहरुले connectIPS को वेभसाइट (www.connectips.com), यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको connectIPS तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा Payment Gateway को रुपमा जोडिएको connectIPS मार्फत् सोझै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।