lockdownnotice
News & Events
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा श्री राम बहादुर मानन्धर चयन March-22-2021
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा श्री राम बहादुर मानन्धर चयन
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १६९ औंैं संञ्चालक समितिको बैठकबाट श्री राम बहादुर मानन्धरज्यूलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । सो सम्बन्धमा डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाज्यू सँग आजको औपचारिक कार्यक्रममा वहाँले अध्यक्ष पदको लागि सपथ ग्रहण गर्नुभएको छ । तत्कालीन अध्यक्ष श्री नरेश शाक्यज्यूको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात श्री मानन्धरज्यूले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गर्नु भएको हो ।
 
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक-एक जना प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । यसको NCHL-ECC, NCHL-IPS, connectIPS, connectRTGS, NPI र CORPORATEPAY प्रणाली सञ्चालनमा रहेका छन् ।