Tender notice for Desktop Computer
News & Events
नेशनलपेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक थालनीमा २९ बैंक वित्तिय संस्थाहरु जोडिए November-18-2021
नेशनलपेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक थालनीमा २९ बैंक वित्तिय संस्थाहरु जोडिए
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयनगर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र २९ बैंक वित्तिय संस्थाहरुबीच आज एक औपचारिक कार्यक्रममा  सम्झौता भएको छ । एनसीएचएल तथा सम्बन्धित बैंक वित्तिय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका आदरणीय गभर्नर श्री महा प्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।  
 
साथै नेपाल राष्ट्र बैंकका बरिष्ठ डेप्युटी गभर्नर आदरणीय डाक्टर नीलम ढुङ्गाना तिम्सिनाज्यू, डेप्युटी गभर्नरआदरणीय श्री बम बहादुर मिश्रज्यू, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघ तथा नेपाल फाइनान्सियल इन्स्टिट्युसन संघका अध्यक्षहरु, नेपाल राष्ट्र बैंकका वरिष्ठ पदाधिकारीज्यूहरु, विभिन्न बैंक वित्तिय संस्था एवम भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थाका प्रमुखकार्यकारी एवम उच्च पदाधिकारी समेतको उपस्थिती रहेको थियो ।  
 
नेपाल सरकारको बजेट तथा मौद्रीकनिती समेत उल्लेख भएबमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी नेपाल क्लियरिङ्ग हाउसलाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृती प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति २०७८ कार्तिक महिनामा प्राप्त भएको हो । यसै क्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागी हाल सम्म १८ वटा वाणिज्य बैकहरु ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैक वित्तिय संस्थाहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यसै गरी अन्य बैंक/वित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउदै लैजाने कार्य योजना रहेको छ । कार्ड बाहेकका भुक्तानी प्रणाली बीच अन्तर आबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेकोमा अब यस सम्झौता पश्चात यसको कार्यान्वयन अघि बढ्ने छ ।  
 
नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने छन् ।उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइकामार्फत बैंक वित्तिय संस्थातथा गैर बैंकिङ्ग संस्थाले आफ्नाग्राहकलाई अन्यथप सेवापनिप्रदानगर्न सक्नेछन् । त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्ड सँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यककार्य अघि बढाइएको छ ।
 
नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन सँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालाहरु सँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थपसहज, सुलभ र सुरक्षितबनाउने अपेक्षा गरेको  छ ।   
 
थप जानकारीका लागि www.nchl.com.np मा हेर्नुहोस् ।
 

 

 

National Payment Switch (Phase 1)

List of Banks & Financial Institutions joining NPS

(18th November, 2021)

S No.

Bank Name

 

Commercial Banks

1

Agricultural Development Bank Ltd.

2

Bank of Kathmandu

3

Century Commercial Bank Ltd.

4

Citizens Bank International Ltd.

5

Everest Bank Ltd.

6

Himalayan Bank Ltd.

7

Laxmi Bank Ltd.

8

Machhapuchhchre Bank Ltd.

9

Mega Bank Ltd.

10

Nabil Bank Ltd.

11

NCC Bank Ltd.

12

Nepal Bangladesh Bank

13

NIC Asia Bank Ltd.

14

NMB Bank Ltd.

15

Prabhu Bank Ltd.

16

Prime Commercial Bank Ltd.

17

Sanima Bank Ltd.

18

Sunrise Bank Ltd.

 

Development Banks

19

Garima Bikas Bank Ltd.

20

Kamana Sewa Bikas Bank Ltd.

21

Lumbini Bikash Bank Ltd.

22

Mahalaxmi Bikas Bank

23

Muktinath Bikas Bank Ltd.

 

Finance Companies

24

Central Finance Ltd.

25

Goodwill Finance Ltd.

26

ICFC Finance Ltd.

27

Manjushree Finance Ltd.

28

Reliance Finance Ltd.

29

Samriddhi Finance Ltd.