NPS NCS
News & Events
नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गतको रकम बैंक वित्तीय संस्थाको शाखा र कर्पोरेटपे मार्फत गर्न सकिने July-06-2022
नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गतको रकम बैंक वित्तीय संस्थाको शाखा र कर्पोरेटपे मार्फत गर्न सकिने

(२० असार, २०७९)

काठमाडौं — नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ-संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेटपे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ । जस अन्तर्गत संघ-संस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई-सर्भिस पोर्टल (http://eservice.nlk.org.np/) मार्फत सब्मिसन नम्बर तथा अफिस कोड प्राप्त गरी अनलाइनबाट भुक्तानी  गर्न सक्दछन् । यसरी रु २० लाख सम्मको रकम रियल टाइममा र सोभन्दा माथि रु २० करोड सम्मको रकम नन्-रियलटाइममा जम्मा गर्न सकिने भएको छ ।

बैंक वित्तीय संस्थाका संस्थागत ग्राहकहरुले आवश्यक विवरण उपलब्ध गराई बैंक वित्तीय संस्था मार्फत सो रकम जम्मा गर्न सक्दछन् । साथै संघ-संस्था आफैंले पनि कर्पोरेटपे मार्फत उक्त  भुक्तानी खाताबाटै गर्न सक्दछन् । यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ । संस्थागत ग्राहकहरुले https://corporatepay.connectips.com, मा लग-इन गरी Service Payment भित्र रहेको Government Payment अन्तर्गत CIT Phatbari मा सब्मिसन नम्बर तथा अफिस कोड दाखिला गरी कर्पोरेटपेमा लिन्क गरिएको आफ्नो खाताबाट भुक्तानी गर्न सक्दछन् ।

यसरी बैंक शाखा तथा कर्पोरेटपे मार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका ३ लाख भन्दा बढी ग्राहकहरुलाई सुविधा हुनुका साथै कोषलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

नागरिक लगानी कोषले एनसीएचएलका connectIPSतथा सदस्य बैंक वित्तीय संस्थाका शाखा र मोबाईल बैंकिङ्ग लगायतका प्रणाली मार्फत कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०%) कर्जा भुक्तानीको रकम संकलन गर्दै आएको छ भने उपदान कोष र लगानीकर्ता हिसाब योजना अन्तर्गत लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्ने गरी एनसीएचएलका विभिन्न प्रणालीहरुको प्रयोग गर्दै आएको छ ।