एनसीएचएल र क्यानबीच एनपीएलको लागि साझेदारी

0

(१४ मंसिर, २०८१)

काठमाडौं, क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल प्रिमियर लिग २०२४ (एनपीएल २०२४) का लागि साझेदारी भएको छ । उक्त साझेदारीको घोषणा क्यानका सचिव श्री पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानले गर्नु भएको छ ।

राष्ट्रिय स्तरको पूर्वाधारहरु प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा अम्पायर स्पोन्सरको रुपमा आवद्ध भएको छ । सो साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथै स्थानीय क्रिकेट प्रतिभाहरुको समेत विकासमा टेवा पुग्ने विश्वास रहेको छ । नेपालको पहिलो क्रिकेट लिग एनपीएल १५ मंसिर, २०८१ देखि टियूको क्रिकेट मैदानमा शुरु हुन लागिरहेको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको NepalQR मापदण्ड कार्यान्वयन गर्न, NEPALPAY QR एक स्वतन्त्र QR स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले NEPALPAY QR को अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट NEPALPAY QR मा सहजै भुक्तानी गर्न सक्छन् ।

थप जानकारीको लागि www.nchl.com.np मा जानुहोस् ।